नेपालको राजनीतिदेखि विकास, निर्माणसम्ममा प्रभावी मानिएको दक्षिणी चासो अब फौजतिर केन्द्रित हुन थालेको छ । भर्खरै भारतीय दूतावासको सैनिक सहचारीबाट फिर्ता हुने क्रममा भारतीय कर्णेलले राखेको जिज्ञासाले यस्तो संकेत दिन्छ । त्यस्तो चासो राखेका हुन् ।
अवकाशको दिन नजिकिँदै गर्दा प्रधानसेनापति प्रभुराम शर्माले असार १५ देखि नै झम्सिखेलस्थित शशी भवनबाट आफ्ना सरसामान निजी निवास सीतापाइलातिर सार्न थालका छन् । अघिल्लो दिन, अर्थात् १४ गते प्रभुरामसँग बिदा माग्न गएका सैनिक सहचारी (कर्णेल) अमित शर्माले नेपालको आगामी प्रधानसेनापतिबारे हल्का चासो राखेको बताइन्छ। उमेर विवादमा परेपछि प्रभुरामपछिको वरियताका जर्नेल अशोक सिग्देल प्रधानसेनापति बन्लान् कि नबन्लान् भन्ने चर्चा चलिरहेको छ । त्यसो त प्रदीपजंग केसी पनि विगतमा बेइजिङस्थित नेपाली दूतावासमा सैनिक सहचारीका रुपमा बसेका कारण भारत उनीप्रति सकारात्मक नभएको मान्न सकिन्छ । अशोकको हकमा न चीन, न पाकिस्तान, कतै पनि उनको कनेक्सन छैन । यसअघि २०६४ मै प्रचण्ड सरकारले निर्णय गरेर पनि कुलबहादुर खड्काले प्रधानसेनापतिका रुपमा चार्ज बुझ्न पाएका थिएनन् । नियुक्तिपत्र बोकेर जंगी अड्डामा हाजिर नभई घर फर्किए । उनले पाकिस्तानमा कोर्स गरेका थिए ।
अर्कातिर, प्रभुरामले जातेजाते शशिभवनमा रहेको बंकरलाई अझ व्यवस्थित बनाएको बताइन्छ । कुनै किसिमको आक्रमण भएमा सैन्य नेतृत्व सुुरक्षित गर्नका लागि बंकरलाई व्यवस्थित गरिन्छ । त्यहाँ कोत बंकर पहिल्यै थियो । त्यसमा हतियार भण्डारण गरिएको छ । विशिष्ट व्यक्तिको सुरक्षाका लागि आउने हतियार त्यहीँ राखिएको हुन्छ । कुनै पनि हतियार वा विष्फोटक पदार्थले असर नगरोस् भनी त्यसलाई बुलेटपु्रफ किसिमको बनाइएको छ । यदि त्यहाँ राखिएका हतियार विष्फोट नै भएछन् भने पनि त्यसले कुनै असर गर्दैन । त्यही बंकरलाई अहिले अझ सुविधाजनक बनाइएको र त्यसका लागि रिनोभेट (पुनः निर्माण) गरिएको रक्षा स्रोतले जनाएको छ।
(साभार : जनआस्था साप्ताहिकबाट)