शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

महान्यायाधिवक्ता पोखरेलले दिएको राजीनामा रामचन्द्र पौडेल गरे स्वीकृत

मंगलबार, साउन १ २०८१

काठमाडौं। महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्रीमार्फत् दिइएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको शीतल निवासले जनाएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा पोखरेल २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्रीमा प्रचण्डले विश्वासको मत नपाएपछि सरकार ढलेसँगै पोखरेलले पनि राजीनामा दिनुभएको हो।

आइतबार नियुक्त हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफ्नो इच्छा अनुसार नयाँ महान्यायाधिवक्ता नियुक्त गनुहुने छ ।

महान्यायाधिवक्तालाई सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छ ।