शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

काँग्रेस र एमालेबीच टुंगियो मन्त्रालयको भागबन्डा

आइतबार, असार ३० २०८१

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगाएका छन् ।

स्रोतका अनुसार नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र  बन मन्त्रालय पाउने भएको छ ।

त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । बाँकी पाँच मन्त्रालय अन्य साना दललाई राखिएको छ ।