शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

दुर्घटनामा परी गम्भीर घाइते चन्द्रबिरको उपचारमा सहयोगको अपिल !

आइतबार, असार ३० २०८१

काठमाडौं । ट्रयाक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछाप नगरपालिका ९ का चन्द्रबिर शाहीका परिवारले चन्द्रबिरको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । चन्द्रबिर शाहीको उपचारको लागि आर्थिक अभाव भएकाले सहयोगका लागि परिवारले अपिल गरेको हो।

काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत चन्द्रबिरको थप उपचारको लागि आर्थिक सहयोग आवश्यक परेको उनका दाजु कुसुम शाहीले बताए। चन्द्रबिरको उपचारमा लाखौं रकम लाग्ने र परिवारको आर्थिक अवस्था कमजोर रहेकाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सक्दो सहयोग गरिदिन दाजु कुसुम शाहीले आग्रह गरे।

चन्द्रबिर वि.सं २०८० फागुन १ गते ट्रयाक्टर दुर्घटनामा घाइते भएका हुन् । ट्रयाक्टरको दुर्घटना बीमा नगरेको र ट्रयाक्टर साहुको पनि दुर्घटनामा परी मृत्यु भएकाले ट्रयाक्टर साहुबाट राहत माग्ने आधार नरहेको कुसुम शाहीले बताए।

‘ट्रयाक्टरको बीमा नभएको रसाहुको पनि दुर्घटनाघटनास्थलमै मृत्यु हुन पुग्यो, परिवारमा ५ जना छोरी र श्रीमती मात्र रहेकोले ट्याक्टर साहुको तर्फबाट घाइतेलाई थप उपचारमा सहयोग गर्न नसक्ने अवस्था छैन,’ उनले भने।

चन्द्रबिरकोको उपचारको सहयोगका लागि कुसुम शाहीको नाममा लक्ष्मी सनराइज बैंकमा रहेको बैंक खाता नम्बर ०७१२०००६९१४ मा आर्थिक सहयोग गर्न सकिनेछ । मोबाइल नम्बर ९८६९१३५१२९ मा सम्पर्क गर्न सकिने र सोही मोबाइल नम्बरमा रहेको ईसेवा आईडीमा पनि रकम पठाउन सकिनेछ ।