शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मध्यरातमा व्यापारीको घरमा बसेर गरिएको सहमति राष्ट्रिय सहमती हुँदैन : रवि लामिछाने

शुक्रबार, असार २८ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेले व्यापारीको घरमा गरेको सहमतीलाई राष्ट्रिय सहमती मान्न नसकिने बताएका छन्। शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले मध्यरातमा २ दलबीच गुपचुप भएको सहमतिलाई राष्ट्रिय सहमति मान्न नसकिने बताएका हुन्।

‘सहमतिको विषय यो सदनमा धेरै चल्यो । त्यसकारण हामीले सहमति गरेका हौँ, उसकारण हामीले सहमति गरेका हौँ, हामीले यो कारण सहमति गरेको हो भन्ने कुरा आयो। तर दुखका साथ भन्नुपर्छ, नेपाली जनताले मत दिएर पठाउनुभएका केही माननीयज्यूहरु यहीँ हुनुहुन्छ।’, उनले भने, ‘अधिकांश त के, १र२ जना बाहेक कसैलाई हो भनेर गरिएको त्यो सहमतिबारेमा अलिकति पनि जानकारी छैन। बिना जानकारीको यो सहमति न राष्ट्रलाई थाहा छ । न सहमति गर्ने दलका सांसदहरुलाई थाहा छ ने नेताहरुलाई थाहा छ। यो कस्तो सहमती होला ?’

देश, जनता र स्वमं आफ्ना दलका नेता कसैलाई थाहा नदिई गरिएको सहमतिलाई राष्ट्रिय सहमतिको नम दिएर उक्त शब्दको मानमर्दन भएको गृहमन्त्री लामिछानेले बताएका छन्। उनले भने, ‘अनि यो कस्तो सहमति होला सभामुख महोदय, मध्यरातमा कुनै एउटा व्यापारीको घरमा बसेर गर्नुपर्ने ? अनि त्यसलाई राष्ट्रिय सहमतिको नाम दिनुपर्ने ? राष्ट्र, राष्ट्रिय जस्ता गहन शब्दहरु यसको परिभाषा कुनै एउटा व्यापारीको घरमा आजसम्म देशलाई, जनतालाई, आफ्ना दलका नेता कसैलाई थाहा नदिई गरिएको गरिएको सहमतिलाई राष्ट्रिय भनेर लेपन लगाउँदा मानमर्दन भएको छ। राष्ट्र र राष्ट्रिय शब्दको मानमर्दन भएको छ सभामुख महोदय । त्यो सहमति हुन सक्ला, राष्ट्रिय सहमति हुन सक्दैन ।’