बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संविधान नमिची नयाँ सरकार बनाउन प्रधानमन्त्रीको सुझाव

शुक्रबार, असार २८ २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बचाउन नेपाली काँग्रेसलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेकाहरुले संसद नै निल्ने प्रयास गर्ने बताए ।

उनले काँग्रेसलाई संविधान मिच्नेतिर नलाग्न आग्रह गरे । उनले नयाँ सरकार पनि संविधान नमिची बनाउन आग्रह गरे ।

‘म काँग्रेस–एमालेका साथीहरूलाई पनि सहकार्यको बधाइसहित केही भन्न चाहन्छु । तपाईहरू संविधान मिच्नतिर नलाग्नुहोला । नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला । काँग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसद चाहिँ बचाउनुहोला । संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै निल्ने प्रयास गर्न सक्छन् । हिजो हामी मिलेर जोगाएका हौं । अब पनि जोगाउनुहोला र आफू पनि जोगिनुहोला ।’ उनले भने ।

सम्बोधनकाे केही अघि उनले भने, ‘संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेँटी कसेर बचाइएको हो, आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।’