काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्भेक्षक संजिवकुमार यादव र आरबि. लेखापढी सेन्टरका संचालक राम बाबु भुजेललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि उनीहरुलाई सेवाग्राहीसँग चार लाख घुस लिँदै गरेको अवस्थामा विहीबार आयोगको टंगालबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिऐ ।
नियन्त्रणमा रहेको उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।