बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पहिरोले दुई बस बगाउँदा ६५ जना त्रिशूलीमा बेपत्ता, तीन जनाको सकुशन उद्दार

शुक्रबार, असार २८ २०८१

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । ती मध्ये तीन जनाको सकुशल उद्दार गरिएको छ ।

घटनास्थलमा पुगेएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शुक्रबार बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेको छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरू गरिएको छ ।” उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए ।