शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से २२ सय अंकमा

२९ अंकले बढ्दा कारोबार सात अर्बको सेयर किनबेच

बिहिबार, असार २७ २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से बढेको छ । अघिल्लो दिन २३ दशमलव २५ अंकले बढेको नेप्से आज पुन २९ दशमलव २१ अंकले बढेर २२ सय चार दशमलव ६१ अंकमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९० अंकले बढेर तीन सय ९१ दशमलव ६६ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय ३१ वटा कम्पनीहरुको ८७ हजार ८६ पटकको कारोबारमा दुई करोड दुई लाख ३७ हजार सात सय ८० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब आठ करोड छ लाख ९८ हजार एक सय ४६ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा लघुवित्त समुहको सुचक २५ दशमलव ९१ अंकले घटेर चार हजार आठ सय ४७ दशमलव २४ अंकमा झरेकोमा व्यापार समुहको सुचक पनि ११ दशमलव ९५ अंकले घटेको छ । यि बाहेक बाँकी समुहहरुको सुचक भने बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक २८ दशमलव २७ अंकले बढेर ११ सय ९४ दशमलव ९५ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि सात दशमलव ९२ अंकले बढेर चार हजार चार सय ६५ दशमलव ३३ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि सात दशमलव ८८ अंकले बढेर २५ सय ८१ दशमलव ८५ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ३७ दशमलव ७९ अंकले बढेर २६ सय ७५ दशमलव शुन्य एक अंकमा चढेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि तीन सय १८ दशमलव ६९ अंकले बढेर १० हजार सात सय २७ दशमलव ७३ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ११ दशमलव ९० अंकले बढेर ११ हजार एक सय ४२ दशमलव २१ अंकमा चढेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बलेफी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समाज लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी पहिलो स्थानमा परेको छ।