शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

राष्ट्रिय सभाको बैठक स्थगित

बिहिबार, असार २७ २०८१

काठमाडौं । आज (बिहीबार) बस्ने भनिएको राष्ट्रिय सभाको बैठक आइतबार सम्मको लागि स्थगित भएको छ । बिहीबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणबस बस्न नसकेको संघीय संसद्का महासचिव पद्यम प्रसाद पाण्डेयले जनाएका छन् ।

महासचिव पाण्डेयले बिहीबार सूचना जारी गर्दै राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ अनुसार राष्ट्रिय सभा अध्यक्षले असार ३० गते आइतबार सवा १ बजे बस्नेगरी बैठक निर्धारण गरेको जनाएका छन् ।