शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मलंगवाबाट बिरगंजतर्फ जादै गरेको बस दुर्घटना, २ जनाको अवस्था गम्भिर

बिहिबार, असार २७ २०८१

काठमाडौं ।  मलंगवाबाट बिरगंजतर्फ जादै गरेको ना. ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई दुर्घटना भएको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै दुर्घटना भएको हो । बसमा ३१ जना यात्रुहरु सवार रहेका थिए ।

बिहीबार भएको दुर्घटनामा घाईते भएका १३ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । उनीहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ।

सो दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौज उनीहरुको उद्धार कार्यमा जुटेको थियो । गम्भिर घाईते भएको २ जनालाई तत्कालै उपचारको लागि उक्त गणको गाडीद्वारा र अन्य घाईतेहरुलाई एम्बुलेन्सद्वारा सिमरा अस्पतालतर्फ लगिएको छ ।