शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सिरहाको सर्रे खोलामा फसेका एक जनाको सकुशल उद्धार

बिहिबार, असार २७ २०८१

काठमाडौं । सिरहा जिल्लाको लहान नगरपालिका–२४ मानिकदहस्थित सर्रे खोलाको बीच भागमा फसेका एक जनाको सशस्त्र प्रहरीले असार २६ गते सकुशल उद्धार गरेको छ।

सोही ठाँउ बस्ने अन्दाजी ४० बर्षिय अरुण चौधरी घरबाट लहानतर्फ जाने क्रममा पानी बहाव बढि खोलाको बीच भागमा फसेका थिए । सो घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश लहानले उनको सकुशल उद्धार गरेको हो।