बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप जारी

बुधबार, असार २६ २०८१

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । बुधवार बसेको माओवादी केन्द्रको संसदीय दल बैठकले असार २८ गते प्रधामन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रतिनिधि सभामा रहेका अन्य राजनीतिक दलहरुलाई अपील गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरुलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।