शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा २३ अंकको उच्च बृद्धि

पाँच अर्ब ७४ करोड रुपैंयाँ भन्दा बढीको सेयर किनबेच

बुधबार, असार २६ २०८१

काठमाडौं । नेप्से पुन बढेको छ । अघिल्लो दिन १५ दशमलव ७९ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पुन २३ दशमलव २५ अंकले बढेर २१ सय ७५ दशमलव ४० अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७२ अंकले बढेर तीन सय ८५ दशमलव ७५ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २२ पटकको कारोबारमा ७२ हजार सात सय १४ पटकको कारोबारमा एक करोड ५२ लाख ९६ हजार सात सय ३९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजार तीन सय ९१ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा बिकास बैंक समुहको सुचक १३ दशमलव २० अंकले घटेर चार हजार चार सय ५७ दशमलव ४१ अंकमा झरेकोमा बाँकी समुहहरुको सुचक भने बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दशमलव ४१ अंकले बढेर ११ सय ६६ दशमलव ६८ अंकमा चढेकोमा फाईनान्स समुहको सुचक पनि २९ दशमलव ५० अंकले बढेर २५ सय ७३ दशमलव ९६ अंकमा चढेको छ । जलबिद्युत समुहको सुचक पनि २८ दशमलव शुन्य पाँच अंकले बढेर २६ सय ३७ दशमलव २२ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि ७९ दशमलव ६८ अंकले बढेर १० हजार चार सय नौं दशमलव शुन्य तीन अंकमा पुगेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि एक सय ४१ दशमलव १६ अंकले बढेर ११ हजार ३० दशमलव ३१ अंकमा चढेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त , सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बलेफी हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुद्धभुमी नेपाल हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड परेको छ।