काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले पूर्वक्रिकेटर गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएका हुन्।
कोलकोताले यस सिजनको आइपिएल जित्दा गौतम मुख्य प्रशिक्षक रहेका थिए ।उनी भारतले २०११ को विश्वकप जित्दा टिमका महत्वपूर्ण खेलाडी रहेका थिए।
भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको हालै सम्पन्न टी–२० विश्वकपपछि कार्यकाल सकिएको थियो ।