शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

सहकारीका पीडितसँग आज छानबिन विशेष समितिले छलफल गर्दै

बुधबार, असार २६ २०८१

काठमाडौं । सहकारीमा भएको रकम अपलचनको छानबिन गर्न बनेको विशेष समितिले सहकारीका पीडितसँग छलफल गर्ने भएको छ ।

आज समितिले २९ वटै सहकारीसँग सम्बद्ध पीडितसँग प्रतिनिधिमूलक हिसाबले छलफल गर्न लागेको सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

‘हामीले सहकारी पीडितसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने योजना बनाएका छौं । २९ वटै सहकारी र अरु पनि सहकारीका पीडित, संघर्ष समिति र व्यक्तिगत रुपमा पीडितका कुरा सुन्ने कार्यक्रम बनाएका छौं,’ थापाले भने ।

समितिले गर्न लागेको यो छलफलमा पीडितका कुरा सुन्न मिडियालाई पनि सहज पहुँच दिने थापाले जानकारी दिए ।

सात सदस्यीय समितिले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको थियो ।

पीडितसँग छलफल गरेपछि समितिले पीडकसँग पनि छलफल गर्ने तयारी गरेको छ ।