शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

युरोकप २०२४ : फ्रान्सलाई पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा

बुधबार, असार २६ २०८१

काठमाडौं । स्पेन युरोकप २०२४ को फाइनल पुगेको छ ।

सेमिफाइनलमा फ्रान्सलाई २–१ गोलले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको हो ।

खेल सुरु भएको आठौं मिनेटमै लिएको १-० को नतिजा जोगाउन नसक्दा फ्रान्स निराश हुन पुग्यो । एम्बाप्पेको पासमा कोलो मुआनीले आठौं मिनेटमा हेडर गोल गरी फ्रान्सलाई अग्रता दिलाएका थिए ।

तर, एक्काइसौं मिनेटमा स्पेनका यमालले गोल गर्दै खेललाई बराबरीमा फर्काए । त्यसको ४ मिनेटलग्गत्तै पच्चीसौं मिनेटमा ओल्मोले गोल थपेर स्पेनलाई २-१ को अग्रता दिलाए र त्यो गोल नै जितमा निर्णायक बन्न पुग्यो ।

जारी प्रतियोगितामा स्पेनको टिम लयमा देखिन्छ । स्पेन अहिलेसम्म हार नबेहाेरी फाइनलसम्म पुगेको स्पेनले अब उपाधिका लागि इङ्ल्याण्ड र नेदरल्याण्डमध्ये एक टिमको सामना गर्ने छ ।