शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

एकै दिनमा ३३ अर्ब ६१ करोड रुपैयाँ बढी सरकारी खर्चको भुक्तानी

मंगलबार, असार २५ २०८१

काठमाडौं । सरकारले एकै दिनमा ३३ अर्ब ६१ करोड रुपैयाँ बढी सरकारी खर्चको भुक्तानी गरेको छ।

चालु आर्थिक वर्षको लागि अत्यावश्यक बाहेक सबै भुक्तानी गरिसक्नु पर्ने अन्तिम दिन सोमबार ठूलो रकमको दायित्व फरफारख गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

महालेखाको तथ्यांक अनुसार सोमबार नौ अर्ब ८५ करोड २३ लाख रुपैयाँ बराबरको चालु खर्च भुक्तानी गरिएको छ।

त्यस्तै १४ अर्ब ४० करोड रुपैयाँ बराबरको पुँजीगत खर्चको भुक्तानी भएको छ।

सरकारले सबैभन्दा बढी भुक्तानीको चाप सोमबार बेहोरेको छ । २५ असार बिहानसम्मको तथ्यांक अनुसार सरकारले १३ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गरेको छ ।

चालु वर्षमा हालसम्म भएको खर्चमा सोमबार मात्रै गरिएको भुक्तानी करिब तीन प्रतिशतको छ।

१ असारका दिन ११ खर्ब ८१ अर्ब २९ करोड खर्च भएको तथ्यांक थियो । यसआधारमा बाँकी २५ दिनमा सरकारले १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेको छ ।

गत आर्थिक वर्षको अन्तिम साता अघिको तीन दिन ९२०८० असार २२,२३ र २४ गते० ७३ अर्ब ६१ करोड बजेट भुक्तानी गरिएको थियो।

यो वर्ष गत वर्षको तुलनामा कम भुक्तानी भएको छ। यस्तो तीन दिनको अवधिमा ६२ अर्ब १२ करोडको भुक्तानी भएको छ।

गत वर्ष अन्तिम सातामा ५५ अर्ब रुपैयाँको भुक्तानी भएको थियो। जसमध्ये करिब ३० अर्ब रुपैयाँ सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीमा खर्च गरिएको थियो। २५ अर्ब रुपैयाँ पुँजीगत खर्चको भुक्तानी गरिएको थियो।