शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

बालेनको सचिवालयको आन्तरिक खर्चबाट चल्छन् ट्रोल नेपाल, मिम नेपाल र ठगलाइफ नेपाल लगायत दर्जनौं फेसबुक पेज !

मंगलबार, असार २५ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का सल्लाहकार कुमार बेनले महानगरकै आन्तरिक आर्थिक स्रोतबाट केही चर्चित फेसबुक पेज चलाउने गरेको आरोप लागेको छ ।

बालेन र एमालेबीचको टकराव गहिरिँदै गएको यस्तो आरोप लागेको हो।

बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख निशाना बनाएर सामाजिक सञ्जालमा लेख्न थालेपछि सो पार्टीका कार्यकर्ता र समर्थकले यस्तो आरोप लगाएका हुन् ।

महानगरपालिकाको ढुकुटीबाट लाखौं रुपैयाँ लिएर बालेका सल्लाहकार कुमार बेनले विभिन्न फेसबुक पेज चलाइरहेको उनीहरुकाे आराेप छ ।

कुमार बेन महानगरबाट तलब खान्छन् । उनको काम महानगरमा बार्षिक बजेट अनुरुप काम नभएको विषयान्तर गर्न बालेन अन्यलाई आरोप लगाउँछन् । बालेनको उक्त आरोप बेनले चलाउँदै आएको फेसबुक पेजमा शेयर गरेर भाइरल गराउँछन् । ती पेज चलाउने दजनौं व्यक्तिलाई तलब बालेनको सचिवालयको आन्तरिक खर्चबाट जो हो गरिन्छ भनेर उनीहरुले आरोप लगाएका छन् ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडाल बालेनका सल्लाहकार बेनले  ट्रोल नेपाल, मिम नेपाल र ठगलाइफ नेपाल लगायत यिनका दर्जनौं फेसबुक पेजहरुबाट महानगरमा वार्षिक बजेट अनुरुप काम नभएको कुरालाई विषयान्तर गर्न फेसबुकमा बालेन अन्य बिरुद्ध यिनै सामाजिक सञ्जालकाे सहारा लिने गरेकाे आराेप लगाउँछन् ।

अहिले ट्रोल नेपाल विनासूचना डिएक्टिभ  गरिएकाे छ । समिक बडालको स्टाटसकै कारण यो पेज डिएक्टिभ गरिएको अखिल कार्यकर्ताको दाबी गरेका छन् ।

समिकको स्टाटसमा कुमार बेनले गरेको कमेन्टमाथि अनेरास्ववियुका नेता कार्यकर्ताले  उनीमाथि महानगरको साधन स्रोत र बजेटमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

एमाले कार्यकर्ताले मेयर बालेनले विद्यासुन्दरको पालामा भएका कामको फोटो आफूले गरेको भनेर प्रचार गरेको र अहिले सडकमा राखिएका प्रति टायलको २० रुपैयाँभन्दा बढी मूल्यमा किनेर भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

हेर्नुहाेस् बडालले लेखेकाे स्टाटस

कुमार बेन अर्थात् काठमाडौंका मेयर बालेनका सल्लाहकार ।

उनी महानगरमा जनताले तिरोको राजश्वबाट मासिक तलव खान्छन् । उनको काम के थाहा छ ? महानगरमा वार्षिक बजेट अनुरुप काम नभएको कुरालाई विषयान्तर गर्न फेसबुकमा बालेन अन्य बिरुद्ध आगो ओकल्छन् । अनि बालेनतिर उठेका प्रश्न अरुतिर झोस्न यी कुमार बेन आफूले चलाएका फेसबुक पेजहरु मार्फत निकृष्ट गाली र फेक खबरहरु फैलाउँछन् । ट्रोल नेपाल, मिम नेपाल र ठगलाइफ नेपाल लगायत यिनका दर्जनौं फेसबुक पेजहरु छन् । ती पेजहरुमा काम गर्नेहरुलाई लाग्ने खर्च बालेनको सचिवालयको आन्तरिक खर्चबाट मिलाउँछन् । त्यसैले बालेनको सचिवालयको दैनिक खाजा खर्च नै एक लाख रुपैयाँ छ ।

अब जाउँ यिनका फेसबुक पेजमा । काठमाडौंको असनका सडकहरुमा परेका खाल्डाखुल्डीका तस्बिर यसरी राख्छन् र लेख्छन्– केपी ओली र मन्त्री महास्वाँठलाई यही खाल्डामा पुर्नु पर्छ । तर असनका ती खाल्डा पुर्ने काम महानगरको थियो, जुन काम बालेनले गर्दैनन् । चुनावअघि त उनले यस्तो अन्तरवार्ता नै दिएका थिए– महानगरले इन्फ्रास्ट्रक्चर एम्बुलेन्सको व्यवस्था गर्छ, सडकमा खाल्डो पर्नासाथ त्यसले गएर खाल्डा पुर्छ । यसरी भोट मागेका बालेन आफ्ना फेसबुक पेजहरुमार्फत् के लेख्छन् थाहा छ ? यी खाल्डामा ओली र मन्त्री महास्वाँठलाई पुर्नु पर्छ ।
यी कुमार बेनको काम आफूले चलाएका दर्जनौं फेसबुक पेजहरु मार्फत बालेनप्रति आउन सक्ने गुनासोलाई अरु बिरुद्ध घृणाको रुपमा फैलाउने, अनि खरिद ऐन विपरित टेण्डर आह्वान नगरी महानगरका ठेक्काहरुबाट कमिसन उठाउने । अहिले यिनले काठमाडौं महानगर भित्रका सबै विद्यालयमा दिवा खाजाको ठेक्का खुला टेण्डर नगरी आफू निकटका हनुमानलाई दिलाएका छन् । त्यसबाट करोडौं जम्मा गरेका छन् । महानगरका फुटपाठमा बिच्छ्याउँने टायलमा पनि कुमार बेनले घोटाला गरेको भनेर अख्तियारले बालनेलाई पूर्जी काटेको छ । तर उनीहरुले पूर्जी बुझ्न मानेका छैनन् । बरु अर्काेदिन अख्तियारका बिरुद्ध बालेन र यी सबै फेसबुक पेजहरुबाट स्टाटस आउन सक्छ । बालेन भनेपछि कसैले बिरोध गर्न सक्दैन भनेर यिनीहरु आफ्ना अबैध धन्दाहरु चलाइरहेका छन् ।

बालेनले काम पनि गर्नु पर्यो नि भनेर गुनासो गर्नेहरुलाई कसरी चुट्छन् हेर्नुस् त ट्रोल नेपालको पेज । त्यहाँ कमेडी च्याम्पियनका विशाल भण्डारीले बालेनले पनि काम गर्नु पर्छ भन्दा कसरी गोदेका छन् ?

बालनेको अनुहारमा तानाशाह कसरी आएको छ, यहाँबाट थाहा हुन्छ । आफू काम नगर्ने र आफूतिर आलोचना आउन सक्छ भनेर फेसबुक पेजहरु परिचालन गरेर आफूले गर्न नसकेको कामको दोष अरुलाई दिने । अब त आँखा खोल्नु पर्ने बेला भयो ।

 

यस्तै एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले पनि सोही आरोप लगाएका छन् । उनले पनि बडालकै भनाइ जस्ताको तस्तै आफ्नो फेसबुक पेजमा शेयर गरेका छन् ।

६ लाख ७० हजार फलोअर्स भएको ट्रोल नेपाल अहिले डिएक्टिभ भएको देखिन्छ ।

यस्तै अखिलका प्रवक्ता प्रकाश पौडेलले बालेनका स्वकीय सचिव कुमार बेनले सञ्चालन गर्ने ट्रोल नेपाल नामको पेज किन हटाइयो भनेर प्रश्न गरेका छन् । ट्रोल नेपाल र काठमाडौं महानगरको विचार एउटै हो भनेर उनले प्रश्न सोधेका छन् ।