बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्यरत शाहविरुद्ध भ्रष्टाचार मुद्दा

सोमबार, असार २४ २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँ बानेश्वरमा सहायक (चौथो) पदमा कार्यरत चन्दा शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाहले भारतको उत्तर प्रदेशको माध्यमिक शिक्षा परिषद बोर्डबाट हाइस्कूल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएकी खुलेको छ ।

उनले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँ बानेश्वरमा सहायक (चौथो) पदमा नियुक्ति लिई ओहदा, लाभ र सुविधा प्राप्त गरेको आरोप पत्रमा उल्लेख छ ।