शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्वाल पारिसकेको डुङ्गामा नबस्न रास्वपालाई योगेश भट्टराईको सुझाव

आइतबार, असार २३ २०८१

काठमाडौं। नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन नगर्न आग्रह गरेका छन्।

आईतवार बसेको प्रतिनिधि सभाकोे बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई यस्तो आग्रह गरेका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्वाल पारिसकेको डुङ्गामा नबस्न सुझाव दिए। रास्वपाले प्रधानमन्त्रीलाई साथ दिइरहदा रास्वपालाई नै क्षति हुने भन्दै अरुलाई पद र गरिमाका विषयमा उठाएको प्रश्नले सार्थकता नपाउने बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालमा देखिएको निरन्तरको अस्थिरताले देशले आत्मविश्वास नै गुमाउन थालेकाले काँग्रेस र एमाले मिल्नुपर्ने परिस्थिति बनेको बताए ।

भट्टराईले अब काँग्रेस र एमालेबीचमा देशको आत्मविश्वास बढाउन र लगानीको वातावरण बनाएर अर्थतन्त्र लयमा फर्काउन बलियो सरकारको सहमति भएको बताए।