काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता सांसद माधव सापकोटाले कांग्रेस र एमाले मिलेर बनेको नयाँ सत्ता गठबन्धनलाई अनैतिक, अप्राकृतिक र परारदर्शीको संज्ञा दिएका छन्।
संघीय संसदको प्रतिनिधि सभा बैठकमा विषेश समय लिएर बोल्दै उनले राजनीतिक स्थिरता र संविधानका विषयमा पुनरावलोकन गर्न भनिएपनि मूलत यो गठबन्धन भ्रष्टाचारको ढाकछोप गर्न बनेको आरोप लगाए।
गिरीबन्धु चिया बगानका विषयमा नेकपा एमालेका अध्यक्ष लगायतका नेताहरु मुछिएकाले त्यसबाट बचाउन र नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवासमेत मुछिएकाले उनीहरुलाई बचाउन यो गठबन्धन भएको उनले तर्क गरे।
दिनभरी प्रधानमन्त्रीसँग यही सरकारलाई निरन्तरता दिने हो भनेर सहमति गर्ने र मध्यरातमा अमुक व्यक्तिको घरमा सहमति गर्नुचाँही नैतिकताको प्रश्न हुने उनले तर्क गरे ।
सापकोटाले संसदीय अभ्यास र स्थिरताको कुरा दोस्रो पार्टीले नै सरकारको नेतृत्व गर्ने र आधा आधा कार्यकाल बाढ्ने भनेपछि स्थिरता नआउने उनले बताए। ‘बेचन झाको गिरफ्तारी र उनले दिएको प्रमाणले सरकारमा सहभागि घटक नेकपा एमालेले मुसा प्रबृत्ति देखाएको बताए।
संविधानमा राजीनामा दिनुपर्ने उल्लेख नभएको र विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले पत्राचार नै गरिसकेकाले घटनाक्रमलाई विसयान्तर गर्ने र प्राकृतिक विपत्तिले अप्ठ्यारो परेको बेला यो सरकार फेरबदलको सहमति गर्नु आश्चार्यजनक छ ।