बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल एपीएफ क्लवका राष्ट्रिय क्रिकेट खेलाडीको विदाई

शुक्रबार, असार २१ २०८१

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असार २१ गते शुक्रबार प्रधान कार्यालय स्वयम्भु हलचोकमा “वमन्स टि ट्वान्टी एशिया कप” मा सहभागी हुन जाने नेपाल एपीएफ क्लवका राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शनको शुभकानासहित हार्दिक विदाई गरेका छन् । विदाई हुने खेलाडीहरुमा सिता राना मगर, राजमती ऐरी, ईन्दु बर्मा, रोमा थापा र ममता चौधरी रहेका छन्।

कार्यक्रममा महानिरीक्षक अर्यालले खेलाडीहरुलाई खेल मैदानमा उत्रिदा जित्छु र गर्न सक्छु भन्ने भावनाकासाथ उत्कृष्ट प्रदर्शन गर्न सकियो भने राष्ट्रको नाम उचाईमा पुर्याउन सकिने बताए । उनले खेलाडीहरुको बृत्तिविकासको लागि संगठन सदैव तत्पर रहेको समेत बताए । प्रतियोगिता यही साउन ४ देखि १३ गतेसम्म श्रीलंकामा संचालन हुने छ।