बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शुक्रबार, असार २१ २०८१

काठमाडौं । धनकुटामा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–३ डाँडागाउँ बस्ने ३० वर्षीय पुन्टे भन्ने प्रताप तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

सल्यानमा ४३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिबेणी गाउँपालिका–३ टोट्के बस्ने ४३ वर्षीय टोप बहादुर वलीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वलीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको १ थान भरूवा बन्दुक समेत फेला पारी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।