शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

आज देशका केहीस्थानमा भारी वर्षाको सम्भावना

शुक्रबार, असार २१ २०८१

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्नेछ ।

देशका सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।

महाशाखाका अनुसार आज राति कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायतका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ ।

आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको महाशाखाले जनाएको छ । अहिले देशभर बदली रही कोशी, मधेश र बागमती प्रदेशका एकरदुई स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुन सक्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ ।

त्यस्तै आइतबार कोशी, मधेश र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुन सक्नेछ । त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।