काठमाडौं । हार्दिक पाण्ड्या टी-२० अलराउण्डर वरीयताको शीर्ष स्थानमा उक्लिएका छन्। भारतलाई टी-२० विश्वकप जिताउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
आइसिसीले बुधबार सार्वजनिक गरेको वरीयतामा हार्दिक पाण्ड्या अलराउण्डरको वरीयतामा शीर्ष स्थानमा उक्लिएका हुन्। हार्दिकले विश्वकपमा गरेको प्रदर्शनका आधारमा दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएका हुन्।
अलराउण्डरको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी सातौँ स्थानमा नै कायम रहेको छ ।