शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सैदी पावरले सेयर जारी गर्ने

बिहिबार, असार २० २०८१

काठमाडौं । सैदी पावर कम्पनीले सेयर जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा सेयर जारी गर्न कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

प्रतिसेयर सय रुपैयाँ अंकित दरका एक लाख ७० हजार ४९ कित्ता साधारण सेयर निष्कासन गर्ने सम्झौतापत्रमा कम्पनी सञ्चालक समिति अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

कम्पनीले कास्की जिल्लास्थित सैदी खोलाको पानी प्रयोग गरी नौ सय ९९ किलोवाट लघुजलविद्युत् आयोजना निर्माण गरी २०७९ सालदेखि व्यावसायिक विद्युत् उत्पादन गर्दै आएको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत् शक्ति हेम्जा बास्कोट सबस्टेसनमा जडान गरी बिक्री हुँदै आएको छ ।