बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारको पत्र

बिहिबार, असार २० २०८१

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ ।

बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ ।

मेयर महर्जन विरुद्ध अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको आरोप थियो ।

२०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको उजुरीमा उल्लेख छ ।