काठमाडौं । युरो कप २०२४ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति भएका २ वटा खेलसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
गएराति टर्कीले अष्ट्रिया र नेदरल्याण्ड्सले रोमानियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरे । जर्मनीको लाइप्जिङगमा मंगलबार राति अबेर सम्पन्न खेलमा अस्ट्रियामाथि २–१ गोलको रोमाञ्चक जित हासिल गर्दै टर्कीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
यसअघि इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड, डेनमार्कलाई हराउँदै जर्मनी, स्लोभाकियालाई हराउँदै इंग्ल्याण्ड, जर्जियालाई हराउँदै स्पेन, बेल्जियमलाई हराउँदै फ्रान्स र स्लोभानियालाई हराउँदै पोर्चुगल क्वाटरफाइनलमा पुगेको थियो।
क्वाटरफाइनलको खेल शुक्रबारदेखि हुनेछ।
पहिलो खेल स्पेन र जर्मनी भिड्नेछन्। दोस्रो खेल पोर्चुगलले फ्रान्ससँग खेल्नेछ।
त्यस्तै इंग्ल्याण्ड्ले स्वीटजरल्याण्डसँग र नेदरल्याण्ड्सले टर्किएसँग सेमिफाइनल पुग्नका लागि खेल्नेछ।
सेमीफाइनल १० जुलाईदेखि र फाइनल १५ जुलाइमा हुनेछ।