काठमाडौं । केन्द्रिय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले बिरोध जनाएका छन् ।
बुधवार बिहान पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गनुभएका महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि बिरोध जनाएका हुन् । उनले मुखमा कालो टेप टाँसेर सांकेतिक बिरोध जनाएका छन् । लोकतन्त्र मान्ने र बुझेको मानिसले प्रत्यक्ष प्रशारण गर्नबाट नरोक्ने भन्दै अभिव्यक्ति दिँदै आएपनि बैठकले उनको प्रस्तावलाई अस्वीकृत गरी बैठक सञ्चालन गरिरहेको छ ।
बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल जारी छ । साथै बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।