काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा दिन आग्रह गरेको छ ।
मंगलबार बसेको पार्टी सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।
ज्ञवालीले संसदका दुई ठुला दल सहमतिमा आएपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्दै एमालेले प्रधानमन्त्रीलाई सो अवसर दिने र मार्गप्रशस्त नगरेमात्र थप निर्णय लिने बताए ।
एमाले बैठकले कांग्रेससँग भएको सहमति स्वीकार गर्ने निर्णय गरेको बताउदै ज्ञवालीले अन्य दललाई पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन आग्रह गर्ने निर्णय गरेको बताए ।