४७ अंकले बढ्दा चार अर्ब ५७ करोडको सेयर किनबेच
काठमाडौं । सरकार फेरबदलको कसरत संगै सेयर बजारमा उछाल आएको छ । संसदको सबै भन्दा ठुलो दल नेपाली काँग्रेस र नेकपा एमालेले मिलेर सरकार बनाउन कसरत सुरु गरेसंगै सेयर बजारमा उछाल देखिएको हो।
अघिल्लो दिन १६ दशमलव २९ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार सत्ता समिकरण परिवर्तन हुने संकेत संगै कारोबार खुलेको पहिलो दुई मिनेटमा नेप्से चार प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो । त्यसको २० मिनेटपछि खुलेको नेप्से पहिलो मिनेटमा नैं पाँच प्रतिशतले बढेपनि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटको लागि नेप्से बन्द रहेको थियो । सत्ता समिकरण फेरबदल संगै अर्थमन्त्रीमा नेकपा एमालेकातर्फबाट बिण्णु पौडेलको संभावना रहे संगै सेयर बजारमा उछाल देखिएको हो । नेप्से आज ४७ दशमलव शुन्य चार अंकले बढेर २१ सय दशमलव ४३ अंकमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ९४ अंकले बढेर तीन सय ७० दशमलव ७१ अंकमा चढेको छ।
नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ६० हजार सात सय २० पटकको कारोबारमा एक करोड १६ लाख ४५ हजार नौं सय पाँच कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ५७ करोड ६८ लाख ३१ हजार सात सय २० रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ३३ दशमलव शुन्य आठ अंकले बढेर ११ सय २१ दशमलव ७६ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि ८१ दशमलव ५८ अंकले बढेर चार हजार एक सय ३१ दशमलव ६० अंकमा चढेको छ । फाईनान्स समुहको सुचक पनि ५० दशमलव ९६ अंकले बढेर २४ सय ६२ दशमलव २२ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ४६ दशमलव ५३ अंकले बढेर २६ सय १७ दशमलव ७४ अंकमा चढेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय १३ दशमलव ३६ अंकले बढेर १० हजार ३८ दशमलव ८७ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ५३ दशमलव ९९ अंकले बढेर १० हजार छ सय ९७ दशमलव ७६ अंकमा चढेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ।