शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

बैकिङ प्रणालीमा ४५ करोड रुपैंयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

मंगलबार, असार १८ २०८१

काठमाडौ । नेपाल राष्ट्र बैकले ४५ करोड रुपैंयाँ संस्थागत निक्षेप राख्नको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०८१ साउन तीन गतेदेखि २०८२ साउन तीन गतेसम्मको लागि लगानी गर्न लागिएको हो।

लगानी गरिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि ३६ करोड, बिकास बैंकहरुको लागि छ करोड ७५ लाख र फाईनान्स कम्पनीहरुको लागि दुई करोड २५ लाख रुपैंयाँ रहेको छ । राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही असार २० गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने राष्ट्र बैकको भनाई छ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने शर्तहरु तोकिएका छन्।