बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेले अर्थमन्त्री पाउने चर्चाबीच सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

मंगलबार, असार १८ २०८१

काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ ।

नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।

मङ्गलवार पहिलो सर्किट ब्रेक खुलेको एक मिनेट नबित्दै दोस्रो सर्किट ब्रेक लगेर ४० मिनेटका लागि सेयरको खरिदबिक्री बन्द भएको हो ।
बजार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लगेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो । जहाँ एक मिनेटमै ८२.४८ अङ्कले २१३५.८७ को बिन्दुमा अडिएको थियो ।

दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२.६८ अङ्कले बढेर २१५६.०७ बिन्दुमा अडिएको छ ।
कांग्रेस एमालेबीच समीकरण बन्ने भएपछि अर्थमन्त्रालयको जिम्मा एमालेको भागमा पर्ने भएको छ । एमालेको तर्फबाट विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा छ ।