बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पत्रकारिताको धर्म मात्र निभाएका हौं, कुनै पनि कम्पनी, व्यक्ति वा संस्थाको व्यवसायिक मर्यादामा आँच पुर्‍याउने उदेश्य हाम्रो होईन 

मंगलबार, असार १८ २०८१

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी भारतको प्रमुख निर्जीवन बीमा कम्पनी हो, यसमा कसैको दुईमत छैन र हुने पनि छैन । यो कम्पनीले नेपालमा पनि सन् १९०६ देखि निर्जीवन बीमा सम्वन्धी कारोबार सञ्चालन गर्दै आएको छ । सबै क्षेत्रमा गरी यो कम्पनीको १७ सय ३० वटा भन्दा बढी शाखाहरु रहेका छन् भने ५० हजार भन्दा बढी बीमा अभिकर्ताहरु रहेका छन् । यति ठुलो कम्पनीको व्यवसायीक मर्यादामा आँच पुर्याउने, व्यवसायीक क्षति गराउने यो डिजिटल पत्रिकाको उदेश्य होईन र कदापि हुने पनि छैन । समाचार प्रकाशनका क्रममा यस कम्पनीबाट बिगतमा जारी भएका व्यवसायीक प्रेस विज्ञप्तीहरुलाई पनि समाचार बनाएर हामीले उचित स्थान दिएका छौं र आगामी दिनमा पनि दिने छौं । कम्पनीप्रति हाम्रो कुनै आग्रह, पुर्वाग्रह छैन र कहिले हुने पनि छैन।

तर पछिल्लो पटक नेशनल इन्स्योरेन्ससंग सम्वन्धीत जुन समाचार प्रकाशन भयो, त्यसमा हामीले पत्रकारिताको धर्म मात्र निभाएका हौं । पत्रकारिता आवाज बिहिनहरुको आवाज हो, हामीले त्यही आवाज मात्र बोलेका हौं । बिरामी भएर उपचारको क्रममा लाखौं रुपैंयाँ सकिसक्दा पनि उपचार पुरा हुन अर्थात बिषेक हुन नसकेको र यही बेला खाईपाई आएको रोजगारी पनि गुमाउनु पर्दा शारिरीकरुपमा कमजोर व्यक्ति मानशिकरुपमा कति बिक्षिप्त हुन्छ रु त्यो व्यक्तिको आवाज बोलिदिएका हौं, सम्वन्धीत निकाय समक्ष पीडित व्यक्तिको आवाज पुर्याईदिएका हौं । यो भन्दा हाम्रो कुनै उदेश्य छैन । सबैले आफ्नो व्यवसायीक धर्म भित्र रहेर व्यवसाय गर्ने हो, त्यस क्रममा आफ्ना कर्मचारीहरुको अवस्थालाई पनि हेरियोस । जुन कर्मचारीले संस्थाको हितको लागि बर्षौ काम गर्यो, त्यो कर्मचारीलाई अप्ठेरो परेको अवस्थामा मेरो संस्था छ, मलाई सहयोग गर्छ भन्ने भावना कम्पनीले देखाओस भन्ने हो । यही उदेश्यका लागि समाचार संप्रेषण भएको हो । यो भन्दा पर कुनै हाम्रो अर्को कुनै उदेश्य छैंन, र हुने पनि छैन।

समाचाको बिषयमा कम्पनीले पठाएको खण्डन जस्ताको तस्तै 

१. सर्वप्रथम, प्रकाशित समाचारमा “नेपालमा निर्जीवन बीमा कम्पनीको रुपमा काम गर्दै आएको नेशनल इन्स्योरन्स कम्पनी भारतको मुख्य निर्जीवन बीमा कम्पनी हो । यो कम्पनीले नेपालमा बिगत ४५ वर्ष देखि निर्जीवन बीमा सम्बन्धी कारोवार सञ्चालन गर्दै आएको छ। यो कम्पनीको १७ सय ३० वटा भन्दा बढी शाखाहरु रहेका छन् भने ५० हजार भन्दा बढी अभिकर्ताहरु रहेका छन् ” भनी पहिलो अनुच्छेदमा नै गलत समाचार संप्रशन भएको जानकारी गराउन चाहन्छौं । यस कम्पनी बिगत ५०वर्ष देखि नेपालमा निर्जीवन बीमा व्यवसाय गर्दै आई रहेको कम्पनी हो र हाल यस कम्पनीकाजम्मा १२ वटा शाखा कार्यलय रहेको छन्, यस कम्पनीमा ३८जना अभिकर्ताहरु आवद्ध रहेका हुँदा प्रकाशन गरिएको समाचार शुरुबाट नै गलततथ्यले भरिपूर्ण रहेको पुष्टि हुन्छ, सो तथ्यलाई सच्चाई पुनः समाचार प्रकाशन गरी पाऊँ ।

२. कम्पनीको पोखरा स्थित शाखामा कार्यरत स्थायी कर्मचारी सरोज सिंन्हा बिगत लामो समय देखि बिरामी बिदामा रहँदै आउनु भएको र निजले आफ्नो बाँकि रहेको बिरामी बिदार संचित बिदा बापतको बिदाहरुको सदुपयोग गरी बिगत नौं महिना देखि कम्पनीमा जानकारी नगराई बेतल्बी बिदामा बसेको हुँदा नेपालको श्रम ऐन, नियमावलीमा भएको व्यवस्था बमोजिम पाउनु पर्ने सबै सेवा सुविधा दिई नियमानुसार नै निजलाई सेवानिबृत्त गरेको विषयलाई अतिरञ्जित गरी “कम्पनीको नेपालको व्यवस्थापकिय टिमको सेटिङमा हटाएको, सिइओ र डिसिओ मिलेर दावी भुक्तानीलगायत इन्सुरेन्स संचालनमा धेरै ठूलो चलखेल गरी धन्दा गरी अकुत सम्पत्ति आर्जन गर्दै आएको श्रोतको दावी छ । यी दुबैको आधारण र व्यवहार बारे तीन धुम्ती जानकार छ ।” भनी निराधार र भ्रमपूर्ण समाचार प्रसारित गरी कम्पनी र कम्पनीको जिम्मेवार पदाधिकारीहरुलाई आरोपित गरिएको हुँदा उक्त समाचार आधारहिन र भ्रमपूर्ण छ । फोटोसहित प्रसारित उक्त समचार निराधार, तथ्य विहिन भई कम्पनीको सामाजिक एवं व्यवसायीक छविमा समेत असर पुगेको र व्यक्तिगत मान, प्रतिष्ठा, इज्जत र सेवाको बृत्ति बिकासमा समेत पूर्ण रुपमा असर परेको छ ।

३.प्रसारित समाचारलाई थप विश्वास र बल पुर्‍याउन गरी उक्त अनलाईन समचार श्रोत हामी कर्मचारीहरुको आचरण र व्यवहार प्रतिजानकार रहेको भन्ने दावी समेत लिइएको रहेछ । हामीहरुको मन्जुरी बेगर नै हाम्रो तस्विर सहित प्रसारित उक्त समचार निराधार, तथ्यविहिन भई कम्पनीको सामाजिक एवं व्यवसायीक छविमा समेत असर पुगेको र हामी निवेदकहरुको व्यक्तिगतमान, प्रतिष्ठा, इज्जत र सेवाको बृत्ति बिकासमा समेत पूर्ण रुपमा असर परेको छ । हामीहरुको चारित्रिक हत्या गर्ने नियोजित उद्देश्यले प्रसारित समाचार सामाग्रीको आधार र स्रोत पुष्टि गर्न समेत चुनौतिदिन चाहन्छौं ।

४. उक्त समाचारमा यस कम्पनीका प्रमुखकार्यकारी अधिकृत तथाउपकार्यकारी प्रमुखको फोटोहरु अनुमतिबिना प्रकाशन भएको हुँदा उहाँहरुको व्यक्तिगत गोपनीयताको हक हनन् हुन गएको छ, जुन नेपालको संविधान र व्यक्तिगत गोपनीयता सम्बन्धी ऐन, २०७५ ले सुनिश्चित गरेको छ । फोटोसहित प्रसारित उक्त समचार निराधार, तथ्यविहिनभई कम्पनीको सामाजिकएवं व्यवसायीक छविमा समेत असर पुगेको र व्यक्तिगतमान, प्रतिष्ठा, इज्जत र सेवाको बृत्तिबिकासमा समेत पूर्ण रुपमा असर परेको छ । साथै, उक्त समाचारमा उल्लेख भएअनुसार यस कम्पनीका कर्मचारीहरुले तपाईको कार्ड लिएर कम्पनीमा छलफल गर्न आउनुहोस् भनी अनुरोध गरिएकोथियो तर उक्त तथ्यलाई समेत धम्काईएको भनीतथ्य फरक हुने गरी समाचार संप्रेशनभएको छ र तहाँ कार्यालयबाट सम्पर्क नै नभएको व्यक्ति रश्मी राउतको नाम जोडिएको हुँदा अनावश्यक मानसिक तनाव सृजना भएकोमा समेत ध्यानाकर्षण गराउन चाहन्छौं, सो तथ्यलाई सच्चाई पुन खण्डन समाचार प्रकाशन गरी पाऊँ ।

५. साथै, समाचारको अन्त्यमा“नेपालमाबीमा सम्बन्धी कारोवार गर्दै आएको नेशनल इन्स्योरेन्स कम्पनीले हाल सम्मबीमाको क्षेत्रमात्यस्तो उल्लेख्य योगदान नैं गरेको छैन । नाम मात्रको यो कम्पनीले….”भनीउल्लेख गरिएको पाइयो । अनलाइन माध्यम र सामाजिक संजालबाट प्रसार गरिने समचार, विचार, सूचना वा जानकारीहरु सत्य तथ्यपूर्ण, सन्तुलित र मर्यादितहुनु पर्नेमा दुविधा छैन । बिना आधार र कारण व्यक्तिको चरित्र हत्यागर्ने नियतवश उक्त समाचार प्रसारित गरिएको भन्नेमा हामी विश्वस्त छौं । बिगतलामो समय देखि नेपालमाबीमा सम्बन्धी ऐन, कानून र नियमनकारी निकायको स्थापनागर्न सहयोग सुझावदिई देखि नेपालमा बीमा व्यवसाय, बीमा सम्बन्धी कानून र जोखिम न्यूनिकरणमा कार्य गर्दै योगदानगर्दै आइरहेको कम्पनीको कुनै उल्लेखनीय भूमिका समेत नरहेको भनी हचूवाको आधारमा प्रसारित समचारले यस कम्पनीको इज्जततथा प्रतिष्ठामा आच पु¥याएको छ । उक्तसमाचार भ्रम सृजनागर्ने नियतवश प्रसार गरिको हुँदा सो समाचार सच्चाई पुनःप्रकाशन गरी पाऊँ ।

६.सामाजिक संजालमा प्रसार गरिने समचार, विचार, सूचना वा जानकारीहरु सत्य तथ्यपूर्ण, सन्तुलित र मर्यादितहुनु पर्नेमा बिनाआधार र कारण व्यक्तिको चरित्र हत्यागर्ने नियतवश उक्त समाचार प्रसारित गरिएको भन्नेमा हामी विश्वस्त छौं । प्रसारित समचारले कुनै व्यक्ति र संस्थाको ख्याति, सम्मानवामर्यादा र नैतिकतामा आघात पार्न सक्दैन । आधिकारिकता पुष्टि नहुने गरी समाचार संप्रेषण गर्ने छुट कुनै पनि संचार माध्यमलाई छैन । तसर्थ, उल्लिखित समचार तथ्यहित, भ्रामक र कपोल कल्पित भएको हुँदात्यस्तो समचार प्रसार गर्ने कार्य पत्रकार आचार संहिताविपरित भएकोले त्यस्तो भ्रामक,कपोल कल्पित र निराधार समाचारको तत्काल खण्डन प्रकाशनगर्नु हुन अनुरोध छ।

७. हाम्रो चरित्र, सामाजिक प्रतिष्ठामा गम्भीर चोट पुर्‍याउनका निमित्त पत्रकारिताको आधारभूत आचार संहिताको समेत गम्भीर उल्लङघन भएको स्पष्ट छ । झुठा र भ्रामकसमाचार प्रसारित गरेको र सामाजिक संजालमासमचार प्रसारित गरिसके पछि सोही समचारलाई फेसबुक पेजमा समेत प्रसार गरी जे जसरी हुन्छ बदनामगर्ने भावनाले प्रेरित भई संस्था ९कम्पनी० र यसमाकार्यरत हामी विदेशी नागरिकलाई बदनामगर्ने कार्य भएको छ ।

८.अनर्गल प्रचार र व्यक्तिकोचरित्र हत्यागर्ने गरी प्रसारित समाचारले समचार माध्यमको विश्वाशनीयता र नियतमाथि नै शंका सृजनाहुने हुँदातत्कालत्यस्ता समाचारको खण्डन प्रकाशनगर्नु हुननिवेदन छ ।