काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई लक्षित टिप्पणी गरेका छन् ।
एमाले-माओवादीको सरकार ढलेर कांग्रेस-एमालेको नयाँ समीकरण बन्ने भएसँगै पूर्वप्रधानमन्त्री भट्टराईले पूर्वसहकर्मी प्रचण्डलक्षित टिप्पणी गरेका हुन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले केहीलाई सधैं र सबैलाई केहीबेर ठग्न सकिन्छ तर, सधैंभरि सकिन्न भन्दै प्रचण्डलक्षित टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत उनले लेखेका छन् ‘केहीलाई सधैंभरी ठग्न सकिन्छस सबैलाई केहीबेर ठग्न सकिन्छस तर सबैलाई सधैंभरी ठग्न सकिन्न।’
सन्दर्भ बुझौं ।
गत चुनावमा माओवादी केन्द्रसँग सहकार्य गरेर चुनावमा गएको नेपाल समाजवादी पार्टी विभाजन भएपछि बाबुराम र प्रचण्डको दुरी बढेको थियो । एक प्रतिनिधि सभा सदस्यसहित प्रदेश सभाका एक सांसद यति पार्टी फुटाएर माओवादीमा समाहित भएपछि प्रचण्डका पूर्वसहकर्मी भट्टराई उनीसँग रिसाएका हुन् ।
३२ सिट भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदमा रहेका दुई ठूला दल कांग्रेस एमालेलाई प्रयोग गर्दै प्रधानमन्त्री बनेका छन् ।
तर सोमबार मध्यराति काङ्ग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएको छ ।
काङ्ग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर समेत गरिसकेका छन्। सहमति