काठमाडौं । मध्यरातमा काँग्रेस–एमालेको नयाँ सत्ता समीकरण बनेसँगै विभिन्न टिप्पणी हुदैछन् । यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि काले काले मिलेर खाउ भाले भन्दै टिप्पणी गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’
गिरीबन्धु टी-स्टेट प्रकरणमा सर्वोच्चको फैसलापछि बालेनले ओली नेतृत्वको सरकारले अर्बौंको नीतिगत भ्रष्टाचार गरेको भन्दै आवाज उठाइरहेका छन् ।
