बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पाँच जना पक्राउ

मंगलबार, असार १८ २०८१

काठमाडौं । नक्कली सुनको मूर्ति देखाई ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई काठमाडौंको विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं कमलपोखरी बस्ने भारत उडिशा राज्य केन्द्रवडा घर भएका ४० वर्षीय कलाकार दास, ललितपुर धोवीघाट बस्ने म्याग्दी रघुगंगा गाउँपालिका–७ घर भएका ६४ वर्षीय क्षेत्र बहादुर शाही, काठमाडौं डल्लु बस्ने धादिङ निलकण्ठ नगरपालिका–२ घर भएका ३८ वर्षीय दिपक थापा, काठमाडौं लाजिम्पाट बस्ने दाङ घर भएका ३५ वर्षीय बसन्त चौधरी र काठमाडौं महानगरपालिका–१५ चौमती बस्ने ५५ वर्षीय रविन महर्जन रहेका छन्।

कागेश्वपरी मनोहरा नगरपालिका–७ विष्ट गाउँ घर भएका ३१ वर्षीय पुरूषलाई कलाकार दासले नक्कली सुनको मूर्ति देखाई उक्त रकम ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नक्कली सुनको बुद्धको मूर्ति १ थान र नगद १४ लाख रूपैयाँ प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।