बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रवि लामिछानेविरुद्धको रिटमाथि आज सुनुवाइ

मंगलबार, असार १८ २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज असार १८ गते फेरि सुनुवाइ हुने भएको हो ।

असार ७ गते निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए। गृहमन्त्री लामिछानेको तर्फबाट बहस बाँकी रहेपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दा १८ असारमा फेरि सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैको आदेश गरेको थियो।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्नसक्ने दाबी गर्दै उनलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा अन्तरिम आदेशको माग गरिएको छ।