शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से बढ्यो, कारोबार रकम घट्यो

सोमबार, असार १७ २०८१

काठमाडौं। नेप्से बढेपनि कारोबार रकम भने आज घटेको छ । अघिल्लो दिन १४ दशमलव ८३ अंकले घटेको नेप्से साताको दोेस्रो कारोबार दिन आज सोमबार भने १६ दशमलव २९ अंकले बढेर दुई हजार ५३ दशमलव ३८ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य एक अंकले बढेर तीन सय ६१ दशमलव ७७ अंकमा चढेको छ। नेप्सेमा आज तीन सय २३ वटा कम्पनीहरुको ४४ हजार एक सय ६९ पटकको कारोबारमा ७१ लाख ६५ हजार सात सय ३५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा दुई वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक २० दशमलव ४१ अंकले घटेर २४ सय ११ दशमलव २५ अंकमा झरेकोमा उत्पादनमुलक समुहको सुचक पनि १३ दशमलव ६२ अंकले घटेको छ । बाँणिज्य बैंक समुहको सुचक भने २१ दशमलव ७६ अंकले बढेर एक हजार ८८ दशमलव ६८ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुुचक पनि ५२ दशमलव ५६ अंकले बढेर चार हजार ५० दशमलव एक अंकमा झरेको छ । यसैगरी जलबिद्युत समुहको सुुचक पनि १५ दशमलव ३२ अंकले बढेर २५ सय ७१ दशमलव २१ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि ५२ दशमलव २७ अंकले बढेर नौं हजार आठ सय २५ दशमलव ५० अंकमा पुगेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ५१ दशमलव ९२ अंकले बढेर १० हजार चार सय ४३ दशमलव ७७ अंकमा चढेकोमा लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन ऊर्जा बिकास कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा पनि नेपाल फाईनान्स नैं पहिलो स्थानमा परेको छ।