बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बाह्यू मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिक पक्राउ

सोमबार, असार १७ २०८१

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इरानी नागरिक ४० वर्षीय यज्दा नायर र उनकै श्रीमती ३५ वर्षीया पीग ताहिरी रहेका छन्।

श्रीलंकन एयरको उडानद्वारा काठमाडौंबाट श्रीलंकाको कोलम्बो जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्याजेग चेकिङ गर्ने क्रममा ह्याब्ण्ड ब्यागमा विभिन्न दरका गरी जम्मा १२ हजार ५ सय अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा ४ हजार २ सय पाउण्ड स्टरलिङ, १ हजार ७ सय ५० युरो, १६ हजार ५ सय युएई दिराम, ८ हजार ८ सय भारतीय रूपैयाँ र ८ लाख ४० हजार श्रीलंकन रूपी फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको राजश्वी अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाएको छ।