काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको ३ घण्टा लामो छलफल सकिएको छ। प्रधानमन्त्रि निवास बालुवाटारमा भएको छलफलमा सरकारको कामलाई थप प्रभावकारीता बनाउने लगायत बिषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
‘पछिल्लो राजनितिक घटनाक्रम, संक्रमणकालिन न्याय सम्पादन, सत्ता साझेदार दलहरूबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने लगायत बिषयमा भेट भएको हो’ प्रधानमन्त्रीको सचिवालयको भनाई छ।
प्रधानमन्त्री प्रचण्ड र ओलिबीच लगातार दुई दिन भएको भेटलाई अर्थपूर्ण मानिएको छ । यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष ओलिबीच भएको भेटघाटले नयाँ सत्ता समीकरण बनाउने चर्चा चल्दै आएको छ ।