काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता चौधरीलाई हटाएका छन्।
अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन्।
प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन्। जसमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी ९रेशम चौधरीका बुबा०ले श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन्।
गंगा चौधरीलाई दलको नेता चयन गरेपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिइएको छ। रञ्जिता चौधरी मन्त्री बन्ने चर्चाकाबीच नाउपाका बहुमत सांसदले दलको नेताबाट हटाएका हुन्।