बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

साताको पहिलो दिन नैं घट्यो नेप्से

झण्डै १५ अंकले घट्दा तीन अर्ब ६० करोडको सेयर किनबेच

आइतबार, असार १६ २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन नैं नेप्से घटेको छ । आज आईतबार नेप्से १४ दशमलव ८३ अंकले घटेर दुई हजार ३७ दशमलव शुन्य नौं अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४२ अंकले घटेर तीन सय ५८ दशमलव ७५ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको ५० हजार नौं सय ५२ पटकको कारोबारमा ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार चार सय सात रुपैंयाँ ६६ पैसा पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा दुई वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक आठ दशमलव ३९ अंकले बढेर २४ सय ३१ दशमलव ६७ अंकमा चढेकोमा उत्पादनमुलक समुहको सुचक पनि एक दशमलव ९९ अंकले बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने सात दशमलव ६१ अंकले घटेर एक हजार ६६ दशमलव ९१ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ३२ दशमलव ५४ अंकले घटेर तीन हजार नौं सय ९७ दशमलव ४५ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि २७ दशमलव ४३ अंकले घटेर २५ सय ५५ दशमलव ८८ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ४५ दशमलव शुन्य आठ अंकले घटेर नौं हजार सात सय ७३ दशमलव २२ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि २९ दशमलव ४४ अंकले घटेर १० हजार तीन सय ९१ दशमलव ८४ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुुचक पनि घटेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल फाईनान्स पहिलो स्थानमा परेको छ ।