शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

एकीकृत समाजवादीको महाअधिवेशन अघि र्‍याली

आइतबार, असार १६ २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको दशौं राष्ट्रिय महाअधिवेशनको उद्घाटन अघि र्‍याली निकालिएको छ ।

काठमाडौंको भृकुटीमण्डपबाट विभिन्‍न भेषभुषासहित एकीकृत समाजवादीले र्‍यालीसहित शक्ति प्रदर्शन गरेको छ ।

र्‍यालीमा एकीकृत समाजवादीका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, राजेन्द्र पाण्डे, वेदुराम भुसाललगायतका नेतारकार्यकर्ता सहभागी छन् ।

समाजवादीको महाधिवेशन आजदेखि काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ ।

महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरुले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।