बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सर्वोच्चको आदेशले संसद फर्केका फणीन्द्रले लिए उर्जामन्त्रीको शपथ

आइतबार, असार १६ २०८१

काठमाडौं । सर्वोच्चको आदेशले संसद फर्केका गण्डकी प्रदेशका नवनियुक्त उर्जामन्त्री फणीन्द्र देवकोटाले शपथ लिएका छन् ।

आज पोखरामा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई मन्त्रीको शपथ दिलाएका हुन् ।

गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए ।

माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।

सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले उनका पद थमौती गर्दै कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेश दिएलगत्तै उनी प्रदेश सभामा फकिँदै मन्त्री बनेका हुन् ।