बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पत्रकार महासंघको मनोनयन मिति सर्यो

बिहिबार, असार १३ २०८१

काठमाडौं। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचनका लागि तोकिएको मनोनयन मिति २ दिन पर धकेलिएको छ। २२ गते हुने मतदानका लागि आज १३ गते मनोनयनको मिति तोकिएको थियो। केही आन्तरिक तयारी नपुगेको भन्दै निर्वाचन समितिले मनोनयन मिति पर सारेको छ।

निर्वाचन समितिका अनुसार अब १५ गते मनोनयन हुनेछ। प्रदेश समितिका लागि भने १७ गते मनोनयन मिति राखिएको छ। मतदान भने जिल्ला, प्रदेश र केन्द्रको एकैदिन २२ गते गर्ने महासंघको तयारी रहेको छ।