शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

रुसी सेनामा भर्ती भएका थप एकजनाको मृत्यु

बुधबार, असार १२ २०८१

तनहुँ । रुसी सेनामा भर्ती भएका तनहुँका एक युवाको मृत्यु भएको छ ।

आँबुखैरेनी गाउँपालिका– ५ भटिश्वराका ३४ वर्षीय रञ्जित गुरुङको रुस–युक्रेन युद्धमा परि मृत्यु भएको हो ।

नेपाली सेनामा सेवा निवृत्त भएपछि गुरुङ दुबई हुँदै आठ महिना अघि रुसी सेनामा भर्ती भएको र उनको निधन भएको हो ।

एम्बुस परी असार ५ गते निधन भएको खबर प्राप्त भएको स्थानीयले बताए ।

रुसी सेनामा कार्यरत साथी सुरज गुरुङले रञ्जित मृत्यु भएको खबर परिवारलाई दिएको उनले बताए ।

मृतक रञ्जित गुरुङको परिवारमा एक श्रीमती एक छोरा र एक छोरी छिन् ।