बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेको उकालो यात्रा कायम नैं

पाँच अंकले बढ्दा चार अर्ब १८ करोडको सेयर किनबेच

मंगलबार, असार ११ २०८१

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन तीन दशमलव २१ अंकले बढेको नेप्से आज पुन पाँच दशमलव ६० अंकले बढेर दुई हजार ७१ दशमलव ७७ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव २० अंकले बढेर तीन सय ६५ दशमलव शुन्य दुई बिन्दुमा चढेको छ । नेप्सेमा आज तीन सय १९ वटा कम्पनीहरुको ६० हजार आठ सय ५८ पटकको कारोबारमा ९४ लाख ३५ हजार चार सय ५४ पटक सेयर किनबेच भएकोमा कुल कारोबार रकम चार अर्ब १८ करोड ७७ लाख ९६ हजार आठ सय ३३ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव शुन्य सात अंकले घटेर एक हजार ८१ दशमलव ४९ अंकमा झरेकोमा फाईनान्स समुहको सुचक पनि ५४ दशमलव २२ अंकले घटेर २४ सय ६७ दशमलव ४० अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि २३ दशमलव ४५ अंकले घटेर १० हजार पाँच सय २८ दशमलव शुन्य एक अंकमा झरेकोमा अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने १३ दशमलव शुन्य आठ अंकले बढेर चार हजार ९० दशमलव शुन्य दुई अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ३० दशमलव ४५ अंकले बढेर २६ सय १० दशमलव ५३ अंकमा चढेको छ । यसैगरी जीवन बीमा समुहको सुुचक पनि ५५ दशमलव शुन्य पाँच अंकले बढेर नौं हजार नौं सय ७८ दशमलव ८७ अंकमा चढेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्लोवल आईएमई बैंकको ऋणपत्र ८४/८५ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आरएसडिसी लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आरएसडिसी लघुवित्त वित्तीय संस्था परेको छ।