मेनपावर चलाउन राजदूत कि दूतावास चलाउन ?
काठमाडौं । नेपाल सरकारले शुक्रबार विभिन्न देशहरुको राजदूत नियुक्ति गरेको थियो । राजदूत नियुक्ति गरेको दिन देखि आज सम्म आइपुग्दा नियुक्ति भएका व्यक्तिबारे विभिन्न विवादहरु आइरहेका छन् । नियुक्ति भएका एक राजदुतले त अस्विकार पनि गरेको आजको अवस्था छ।
बिवादास्पत नियुक्ति भएकामध्ये एक हुन् –साउदिका राजदूत अबुसुफ्यान खान मुसलमान । अबुसुफ्यान खान म्यानपावर एजेन्सीको मालिक त हुन् साथै दोहोरो नागरिकताधारी व्यक्ति समेत रहेको तीन घुम्ती अनलाइनले पत्ता लगाएको छ । अबुसुफ्यान खानले नेपालको नागरिकतासाथै भारतको पनि नागरिकता लिएको खुलेको छ । उनले २५७८० नम्बरको नेपाली नागरिकता कपिलवस्तु जिल्लाबाट जारी गरिएको लिएका हुन् । सो नागरिकता पनि दोश्रो प्रतिलिपि रहेको छ । भने भारतमा रासनकार्ड तथा मतदाता नामावलीमा नाम रहेका छ।

हामीलाई प्राप्त श्रोतको जानकारी अनुसार अबुसुफ्यान खानका बुवा, आमालगायत परिवारका सदस्यहको समेत दोहोरो नागरिकता रहेको छ। भारतमा अध्ययन गरेका अबुसुफ्यान कपिलवस्तुका स्थानिय हुन्, भारतमा समेत घरजग्गा रहेको अबुसुफ्यानलाई हालसम्म पनि भारत सरकारले ठगी गरेको आरोपमा फरार सूचिमा राखेको छ । उनको परिवारका केहि सदस्यहरु हालसम्म पनि भारततिरै रहेका छन्।

म्यानपावर एजेन्सीको मालिक तथा दोहोरो नागरिकताधारी अबुसुफ्यान खानलाई प्रचण्ड सरकारले साउदिको राजदुतको उपहार दिएसँगै सर्वत्र विरोध भइरहेको छ । अबुसुफ्यान खानले सामाखुशी टाउन प्लानिङ्गस्थित इशान ओभरसिज सन्चालन गर्दै आएका छन् । विशेषगरी साउदी अरब र मध्यपूर्वका मुलुकमा नेपाली युवालाई रोजगारीका निम्ति लैजाने उक्त ओभरसिजका मालिक अबुसुफ्यान खानलाई विगतका धेरै वटा काण्डमा राजधानी रियादस्थित नेपाली दूतावासमा बोलाएर सचेत गराएको थियो।
सोहि मान्छेलाई उक्त देशकै राजदूत बनाएपछि आम नागरिकले मेनपावर चलाउन राजदूत बनाएको हो कि राजदूतावास चलाउन बनाइएको हो सरकारलाई प्रश्न गरिरहेका छन । अबुसुफ्यानलाई राजदुत बनाएसँगै साउदिस्थित नेपाली राजदुतावासमा तरङ्ग उत्पन्न भएको छ । जसलाई दूतावास बोलाएर सचेत गराएको उनै ब्यक्ति दूतावासको उपसचिव र अधिकृतसरहका कर्मचारीलाई हप्काइ दप्काई गर्ने र गोप्य रिपोर्ट (कार्य सम्पादन मूल्यांकन) भर्ने हैसियतमा पुग्ने भएपछि साउदिस्थित नेपाली राजदूतावास तथा त्यहाँ रहेका कामदारहरु समेत शशङ्कित भएका छन्।
अबुसुफ्यानलाई अशोक राई नेतृत्वको समाजवादी पार्टीले राजदूतका लागि सिफारिस गरेको हो । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजनपछि बनेको नयाँ दल अशोक राई नेत्रृत्वको समाजवादि पाटि सन्चालनको लागि श्रोत जुटाउन पनि राजदूतमा सिफारिस गरिएको श्रोत बताउँछ । नेपाली राजनितिमा राज्यको प्रमुख पदहरु पैसामा बिक्ने गतिलो प्रमाणको रुपमा यसलाई लिन सकिन्छ।
